मोबाइल चोर्ने दुई जना प्रहरी निलम्बनमा

काठमाडौं । मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने दुईजना प्रहरी निलम्बनमा परेका छन्। प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाल निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले उनीहरूविरुद्ध चोरीको मुद्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका पुगेका माल र बुढालले चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्र्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरुलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *