अल्टमाश फरिदीको ‘तेरे दर्द मैँ’

काठमाडौं । निर्देशक विज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । पोखरामा छायाँकन भएको ‘तेरे दर्द मैँ’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरिएको हो ।

भारतीय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले भिडियोको निर्माण गरेको हो । भिडियोको सुटिङ ३ बर्ष अघिनै भएको थियो । कोभिडको कारणले गर्दा भिडियो सार्वजनिक भने ढिलो भएको बताइएको छ । ए एम तुराजको शब्द रहेको गीतमा राजु सरदारले संगीत भरेका हुन् भने गीतलाई अल्टमाश फरिदीले गाएका छन् ।

भिडियोमा स्वाति कोथारी र सुशील कुमार ऐलानीको अभिनय रहेको छ । भिडियो छायाँकन नेपालमै भएको हो । नेपालकै सम्पूर्ण प्राविधिक टीमले भिडियो निर्माण गरेको हो । भिडियोका छायाँकार संजय लामा हुन् भने भिडियोलाई निर्देशक राईले नै सम्पादन गरेका छन् । राजेन्द्र मोक्तानले भिडियोमा रंग संयोजनको काम गरेका छन् ।

यसअघि यही कम्पनीसँग निर्देशक राईले दुई वटा भिडियोको निर्देशन गरिसकेका छन् । जसमा ‘फास्लो पे’ र ‘प्यारका नसा’ रहेका छन् । दुबै गीतले उत्कृष्ट प्रतिक्रिया पाएका छन् । अब चाँडै अरु हिन्दी भिडियो कोभिडको भय केही कम हुने बितिक्कै छायाँकनमा जाने निर्देशक राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *