एमाले नेता श्रेष्ठले गरे राजनीतिबाट सन्न्यासको घोषणा

काठमाडौं । नेकपा (एमाले)का नेता जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्न्यास लिएका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्ने अभियानमा अविच्छिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।’

नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट आफूलाई सर्वसम्मत नबनाइएपछि श्रेष्ठ असन्तुष्ट थिए। उनी दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *