USAID

नेप्सेको सीईओका लागि पाँच जना प्रतिस्पर्धामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका प्रारम्भिक छनोटमा पाँच जना आवेदक परेका छन् । प्रारम्भिक छनोटमा परेका आवेदकको व्यावसायिक कार्ययोजना प्रस्तुति आइतबार हुने भएको छ ।

सीईओ नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरेको हो ।

छनोट भएका उम्मेदवारमा वर्णानुुक्रमअनुसार रिब्दीकोट–७, पाल्पाका कृष्णबहादुर कार्की, ललितपुर–२३ का डा। केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापाका प्रवीण पन्दाक, शिवसताक्षी झापाका रमेश घिमिरे र आँटफैला नवलपरासीका डा रमेशकुमार भण्डारी रहेका छन् ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि उक्त पद खाली रहेको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *