एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्वर भुसाल चयन

सन्धीखर्क । नेकपा एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका भुसालको बाहेक अन्यको उक्त पदमा दाबी नरहेपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

यसअघि अध्यक्ष पदमा आकांक्षा देखाएका जीवनारायण कोइरालाले भुसाललाई नै समर्थन गरेर उम्मेदवारी नदिने सहमति जनाएपछि भुसाललाई अध्यक्ष हुन सहज बाटो बनेको थियो । आदर्श मावि खनदहबाट वि.स. २०४२ सालमा अनेरास्ववियुबाट भुसालले विद्यार्थी राजनीति सुरु गरेका थिए ।

भुसाल २०५४ सालमा साविक बाँगी गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए । २४ वर्षदेखि निरन्तर जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेका उनी हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *