मानव संसाधनको व्यवस्थापनसँगै नवप्रवर्तन आवश्यकः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शिक्षा प्रणालीले देशको विकासमा आवश्यक पर्ने सीपयुक्त, नयाँ प्रविधिको ज्ञान भएको दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

कर्पोरेट क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘एक्सिलेन्स अवार्ड’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो उनले यस्तो बताएका हुन् । उनले नेपाल कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले मानव संसाधनको उचित व्यवस्थापन गर्दै नवप्रवर्तनमा जोड दिनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले युवा जनशक्ति विश्वस्तरीय शिक्षा र राम्रो रोजगारीका लागि विदेशिने क्रम बढिरहेकाले त्यसलाई रोक्न कर्पोरेट क्लबजस्ता संस्थाहरूले बजारको माग र युवाको रुचिलाई एकआपसमा मिल्ने गरेर मानव संसाधनको उचित व्यवस्थापन गर्नुपर्ने धारण व्यक्त गरे । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *