भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँग भेट गर्दै

काठमाडौं। पाँच दिने भ्रमणका क्रममा नेपालमा रहेका भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भारतीय सेनाध्याक्ष पाण्डेले त्यसअघि आज बिहान माउन्टेन फ्लाइटमा जाने कार्यक्रम रहेको छ । उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ । पाण्डेले आजै साँझ उनी पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *