USAID

राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

काठमाडौं । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ– ज्यभिषेकमा प्रयोग गरेको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ ।

नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उक्त बग्गी उपहार दिएको थियो । स्वर्गीय राजा वीरेन्द्रले विसं २०३१ मा सोही बग्गीमा सवार भएर राज्यभिषेक गरेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *