दक्षिण अफ्रिकामाथि भारतको सहज जीत

एजेन्सी । दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टोलीमाथि पहिलो टेस्टमा जीत निकालेको छ । बिहीबार सम्पन्न पहिलो टेस्टमा घरेलु टोलीलाई १ सय १३ रनले पराजित गर्दै भारतले ३ खेलको टेस्ट सिरिजमा १-० को अग्रता लिएको हो ।

जीतको लागि ३ सय ५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ६८ ओभरमा १ सय ९१ रनमै समेटियो । अफ्रिकाको लागि डीन एल्गारले अर्धसतक प्रहार गरेपनि अन्य टोलीले सोचेअनुरूप प्रदर्शन गर्न नसक्दा पहिलो खेलमै हार बेहोर्न बाध्य भयो । एल्गारले १ सय ५६ बलमा १२ चौकासहित ७७ रन बनाउँदा टेम्बा बाभुमा ३५ रनमा नट आउट रहे । यस्तै क्विनटिन डी ककले २१, केगान पिटरसनले १७, मारको जान्सेनले १३ र भान डेर डुसेनले ११ रनको योगदान गरे ।

दक्षिण अफ्रिकालाई सस्तैमा रोक्न जस्प्रित बुम्राले १९ ओभरमा ४ मेडन राख्दै ५० रन दिएर ३ विकेट लिए । मोहमद शामीले १७ ओभरमा ६३ रन खर्चिदै ३ विकेट लिँदा मोहम्मद सिराज र रविचन्द्रन आश्विनले २/२ विकट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले ओपनर केएल राहुलको सतकको मद्दतमा १ सय ५.३ ओभरमा सबै विकेट गुमाउँदै ३ सय २७ रन जोडेको थियो । राहुलले २ सय ६० बलमा १७ चौका र १ छक्काको मद्दतमा १ सय २३ रन बनाएका थिए । मयंक अग्रवालले १ सय २३ बलमा ९ चौकासहित ६० रन बनाउँदा अजिंङ्के रहाणेले ४८, कप्तान विराट कोहलीले ३५ र जस्प्रित बुम्राले १४ रन जोडे ।

दक्षिण अफ्रिकाको लागि लुंगी न्गीदीले २४ ओभरमा ७१ रन खर्चिदै ६ विकेट लिए । कागीसो रबडाले २६ ओभरमा ७२ रन दिएर ३ विकेट लिँदा मारको जान्सेनले १ विकेट लिए ।

जवाफी ब्याटिंगमा उत्रिएको दक्षिण अफ्रिकाले टेम्बा बाभुमाले १ सय ३ बलमा १० चौकाको सहयोगमा ५२ रन जोडे । यस्तै क्विन्टिन डी ककले ३४, कगीसो रबडाले २५, मार्को जान्सेनले १९, कागेन पिटरसन र केगान मार्क्रमले १३/१३ रनको योगदान गरे । भारतको लागि मोहमद शामीले १६ ओभरमा ४४ रन दिएर ५ विकेट लिँदा जस्प्रित बुम्रा र शर्धुल ठाकुरले २/२ विकेट लिए । यत्सै मोहमद सिराजको नाममा १ विकेट लिए ।

अब दोस्रो सेट जनवरी ३ बाट शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *