नेपाली रियालिटी सोमा पहिलो पटक विदेशी निर्णायक

प्रज्जवल थापा, काठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको डान्स रियालिटी सो ‘द डान्सर्स’ले पहिलो निर्णायक र कोरियोग्राफर सार्वजनिक गरेको छ । ‘द डान्सर्स’ले आफ्नो पहिलो निर्णायक(जज)को रुपमा फ्रान्सेली अभिनेत्री तथा कोरियोग्राफर एलिजे बिआनिकलाई सार्वजनिक गरेको हो ।

नेपाली रियालिटी सोको इतिहासमा एलिजे पहिलो विदेशी निर्णायक हुनेछिन् । नेपालमा हालसम्म विभिन्न रियालिटी सो आयोजना भएपनि विदेशी निर्णायकको प्रयोग गरिएको थिएन । एलिजेले सोमा निर्णायकमात्र नभई कोरियोग्राफरको पनि भुमिका निर्वाह गर्नेछिन् ।

सोलिस प्रदर्शनी कलाको संस्थापक र कलात्मक निर्देशकसमेत रहेकी एलिजे लामो समयदेखि नेपाली कला क्षेत्रमापनि सक्रिय रहँदै आएकी छिन् । सन् २०१३ देखि उनी आफ्नो भिजन र नृत्य कौशल मार्फत नेपालको सिनेमेटोग्राफीलाई विस्तार गर्ने अवधारणासहित लागि परेकी छिन् ।

नेपाली नृत्य क्षेत्रमा परिवर्तन ल्याउने लक्ष्यसहित आयोजना हुन लागेको यस सोले आउने दिनमा थप निर्णयक सार्वजनिक गर्नेछ । निर्णायक सँगसँगै सोको लागि कोरियोग्राफरपनि नेपाल लगायत अमेरिका, फ्रान्स र बेलायतबाट ल्याउने तयारीमा आयोजक रहेको छ ।

‘द डान्सर्स’ रियालिटी सोले नेपाली डान्सर्सलाई अन्तराष्ट्रिय स्तरको प्लेटफर्म प्रदान गर्ने आयोजक समितिका एक सदस्यले नेपाल समाजलाई बताए । “हाम्रो मुख्य प्राथमिकता भने नेपाली डान्सर्सलाई राम्रो प्लेटफर्म दिने हो । हामी यस सोलाई अहिलेनै नेपालकै ठूलो भन्न चाहन्नौ । सो राम्रो नराम्रो भनेर मुल्यांकन गर्ने जिम्मा दर्शकको हुनेछ ।”

उनले थपे, “यस सोले नेपाली नृत्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्नेमा हामी विश्वस्त छौँ । त्यसैले सोमा सहभागी हुन आफ्नो तयारी आजैबाट शुरु गर्न सम्पूर्ण डान्सर्सलाई यही मिडियाबाट अनुरोध गर्न चाहन्छु ।” सो अर्को वर्षदेखि शुरु गर्ने तयारीमा आयोजक रहेको छ । टिभि राउन्डसम्म पुग्नको लागि ब्याकस्टेज ३ वटा अडिसन पूरा गर्नुपर्ने आयोजकले बताएको छ ।

One thought on “नेपाली रियालिटी सोमा पहिलो पटक विदेशी निर्णायक

Leave a Reply

Your email address will not be published. Required fields are marked *