दाजु गुरुङको कथा संग्रह ‘लाई–सी’

काठमाडौं । कथाकार दाजु गुरुङको कथा संग्रह ‘लाई–सी’ बजारमा आएको छ । सांग्रिला बुक्सले प्रकाशन गरेको कथा संग्रह भर्खरै बजारमा आएको हो । कृतिभित्रका सबैजसो कथामा हङकङ परिवेश छ ।

तिनीहरुको अवस्थिति हङकङ र डाँडाकाँडा, दर्शनीय स्थल, परिवेश, बजार, स्टारफेरी, एयरपोर्ट, , अपार्टमेन्ट, रेष्टुरेन्ट आदि छन् । कथाका अधिकांश पात्रहरु हङकङ जाने, त्यहाँ पुगेर बस्ने, , आफैं पुगेका र दलाले पुर्याएका नेपाली नै छन् ।

प्रत्येक जसो कथामा नारी केन्द्रीय पात्र रहेका छन् । कृतिमा चिसो हावाले, निर्गन्ध रहरहरु, कान्छी, अस्वीकृत सम्झौता, पराजय, गुडबाई मोनिका, रिफ्यूजी, रोजा, अकथा, कामरेड, बेखुशी, अर्को धरातल, पानीका धर्साहरु, सेतो खाम, च्यारिटी, कानूनले नचिनेका मान्छे, विस्मृतिको डिलमा र लालीगुराँस डटकम गरी १८ वटा कथा समेटिएका छन् । संखुवासभाको मादी नगरपालिकामा जन्मिएका कथाकार गुरुङको यसअघि कथासंग्रह ‘टाँकीका फूलहरु’ प्रकाशित भएको थियो ।

कथाकार गुरुङ साहित्य पुरस्कार २०१९ तथा विभिन्न संघ संस्थाबाट पुरस्कृत र सम्मानित भएका छन् । केही सयम वरुण वहुमुखी क्याम्पस खाँदबारीमा प्राध्यापन गरेका कथाकार गुरुङ १३ वर्षदेखि भने हङकङबाट प्रकाशित वार्षिक पत्रिका ‘हाम्रो संखुवासभा’ को सम्पादन कार्यमा आवद्ध छन् । उनी हङकङमा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *