माईत हिडेका दम्पत्तीको भीरबाट लडेर मृत्यु

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका –१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको माईत जानेक्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

मुसीकोट नगरपालिका वडा नम्बर–१ बाङ्गेस्थित सिख्राको सामुदायिक वनको गोरेटो बाटोबाट लडेर दुबैजना घाइते भएका थिए । घाइते अवस्थामा भेटिएका उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याइएका थियो । उपचारको क्रममा दुबैजनाको अस्पतामा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *