माओवादीको स्थानीय तह अधिवेशनः २ सयभन्दा बढी स्थानीय तहको परिणाम आउन बाँकी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थानीय तहमा शुरू भएको अधिवेशनको परिणाम आउने क्रम शुरू भएको छ । शनिबार एकसाथ शुरु भएको स्थानीय तहको अधिवेशनअन्तर्गत ५ सय ५० स्थानीय तहको अधिवेशनको दुई सयभन्दा बढी स्थानीय तहको परिणाम आउन बाँकी रहेको छ ।

अधिवेशनबाट अधिकांश स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए । अधिकांश स्थानीय तहको अधिवेशन भइरहेकाले सहमतिबाटै नेतृत्व चयन गर्नका लागि अझै केही दिन लाग्ने उनको भनाई छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सर्वसम्मतरूपमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार धेरैजसो पालिकामा सोही विधिबाटै नेतृत्व चयन भएका छन् भने केही स्थानीय तहमा भने निर्वाचनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ ।

माओवादीले ७ सय ५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिकास्तरीय सम्मेलन अगाडि बढाएको छ । माओवादीले यही मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ ।

त्यसै, माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ । माओवादीले यसअघि मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *