मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा

इटहरी । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको काम प्रदेश १ मा द्रुत रूपमा अगाडि बढेको छ । विशेष गरी तेह्रथुम क्षेत्रमा लोकमार्ग निर्माणको कामले गति लिएको छ ।

यस खण्डमा जिम्मेवार प्रशासनिक क्षेत्रबाट हुने निर्देशन र अनुगमनले निरन्तरता पाएसँगै यो आयोजनाको निर्माणले गति लिएको हो । तेह्रथुममा लोकमार्गको ११९ किलोमिटर क्षेत्रफल पर्छ । त्यसमध्ये यो सडकखण्ड २५ दशमलव पाँच किलोमिटर क्षेत्रफलमा रहेको छ ।

तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जिल्लाको वसन्तपुर–म्याङ्लुङ खण्डमा भइरहेको लोकमार्गको काम जतिसक्दो चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताए । उनले यो सडक निर्माणपछि बहुआयामिक फाइदा हुने भएकाले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

सम्झौतामा उल्लेख भएको मितिमै निर्माण सम्पन्न नगरे निर्माण कम्पनीलाई कारबाही गरिने उनको चेतावनी छ । उनले तोकिएकै समयमा तोकिएकै गुणस्तरमा काम सम्पन्न गर्न र त्यसको प्रगति प्रतिवेदन महिनाको दुई पटक जिल्ला प्रशासनलाई बुझाउन निर्देशन दिए ।

प्रत्येक हप्ता सडक अनुगमन हुन्छ”, घिमिरेले भने, “काम सुस्त भए कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ ।” उनले प्रमुख जिल्ला अधिकारीका रूपमा तेह्रथुमको कमान्ड सम्हाल्दा जुन सडकको दुर्दशा छ र त्यसले जनतालाई जुन सास्ती मिलेको छ, त्यसलाई आफ्नो कार्यकालमा समाधान गर्ने बताए। आफूले पटक–पटक छलफल तथा टेलिफोनबाट पनि लोकमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन गरेको उनको भनाई छ ।

म्याङ्लुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले आयोजना निर्माणका क्रममा स्थानीय तहबाट गर्न सक्ने समस्या समाधान गर्न र माथिल्लो सरकारसँग समस्या समाधान गर्न आफूले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खण्डको काम समयमै नसकिँदा तेह्रथुमवासी वर्षायाममा हिलो र हिउँदमा धुलोको मारमा पर्ने गरेका छन् । वर्षामा यहाँको यातायात ठप्प हुने गरेको आजको गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *