कांग्रेस महाधिवेशन तयारी तीव्र

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा अगाडि बढाएको हो ।

महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्नका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले उपसमितिहरूसँगको समन्वयमा महाधिवेशनको तयारी तीव्र बनाएको हो ।

गृहमन्त्री एवम् महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीपङ्क्ति खटिएको जानकारी दिए । उनले भने, “कांग्रेसका लागि यो एउटा उत्सव हो । देशभर १६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आउनुहुन्छ । उहाँहरूको भोजन तथा आवासको व्यवस्थापन आयोजक समितिले गर्छ । यसका लागि सबै तयारी भइरहेको छ ।”

खाणले महाधिवेशन प्रतिनिधिसँगै ७७ वटै जिल्लाबाट आउने पार्टी कार्यकर्ताको चापलाई व्यवस्थापन गर्न र आवश्यकताअनुसार सबै पूर्वाधार तयार गर्नकै लागि उपसमिति गठन गरिएको उल्लेख गरेका छन् ।

काग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले महाधिवेशनका क्रममा सर्वसाधारणलाई हुन सक्ने असुविधालाई ध्यान दिइने बताईन् । महाधिवेशनका गतिविधिलाई व्यवस्थित रूपमा सम्प्रेषण गर्नेदेखि कार्यक्रम आयोजना हुने स्थान चुस्त बनाउनका लागि उपसमितिमार्फत काम भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *