कट्रिनाको बिहेमा मोबाइल निषेध

काठमाडौं। बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो साता विवाह बन्धनमा बाँधिने भएका छन्।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आफूहरूको प्रेम सम्बन्धबारे मुख खोलेका थिएनन् भने विवाहका बारे पनि औपचारिकरूपमा जानकारी दिएका छैनन्। तर, उनीहरूले आफ्नो विवाहको तयारीमा धुमधामसँग लागिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जयपुरको एक रिसोर्टमा हुने भनिएको विवाह समारोहमा विवाहमा आउने पाहुनाले आफ्नो मोबाइल विवाह समारोहमा लान नपाउने तथा तोकिएको स्थानमा मोबाइल राखेर मात्र विवाहमा सरिक हुन पाउने समाचारमा जनाइएको छ।

आफ्नो विवाहलाई गोप्य तरिकाले सम्पन्न गर्नका लागि उनीहरूले यस किसिमको उपाय अपनाएका हुन्। जसका लागि उनीहरूले एक समूहलाई नै परिचालन गरेको समाचारमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *