बलिउड अभिनेता अनुपम खेरले गरे पशुपतिनाथको दर्शन

काठमाडौं, असोज १९। फिल्म ‘उचाई’ को सुटिङकालागि नेपालमा रहेका बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले आज बिहान पशुपति नाथको दर्शन गरेको सार्वजनिक भिडियोमा बताएका छन् ।

खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका छन् । उनले सबैको सबैको सुस्वास्थ्य र शान्तिको कामना गर्दै, “काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” उनले भनेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *