जनगणना सम्पन्न, तीन करोड पुग्नसक्ने अनुमान

काठमाडौं। नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार सकिएको हो ।

नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्याङ्कको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।

गणकले सोधिएका प्रश्नको तथ्याङ्क कम्प्युटरमा अपलोड गर्न छदेखि नौ महिना लाग्ने र त्यसको तीन महिनामा पूर्ण विवरण आउने गरी विभागले काम अगाडि बढाउनेछ ।

नेपालको कुल जनसङ्ख्या, महिला र पुरुषको कुल सङ्ख्या भने दुईदेखि तीन महिनामा आइसक्नेछ । केही दिनभित्रमै गणकले भरेको फारामलाई जिल्ला र प्रदेश जनगणना कार्यालयमा ल्याउने र त्यहाँबाट फाराम केन्द्रीय तथ्याङ्क विभाग ल्याउने प्रक्रिया अगाडि बढ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *