ए डिभिजन लिगको विजेताले ७५ लाख पाउने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले शुक्रबार लिग विजेताले ७५ लाख रुपैयाँ पाउने बताएको हो ।

यस्तै उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहने टोलीले २५ लाख रुपैयाँ हात पार्ने एन्फाले बताएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बल पाउनेछ भने सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र उत्कृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् ।

२०१९/२० सिजनमा ,मछिन्द्र क्लबले लिगको उपाधि जितेको थियो । एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने लिगको पहिलो खेल कार्तिक २९ गते बेलुकी ५ बजे शुरु हुने एन्फाले जनाएको छ । पहिलोपटक ए डिभिजन लिग लिग खेल्न लागेको सातदोबाटो बी डिभिजन लिगको च्याम्पियन बन्दै शिर्ष डिभिजनमा बढुवा भएको थियो ।

यो पनि:- ए डिभिजन लिग: उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटो भिड्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *