ए डिभिजन लिग: उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटो भिड्ने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने लिगको पहिलो खेल कार्तिक २९ गते बेलुकी ५ बजे शुरु हुने एन्फाले जनाएको छ । पहिलोपटक ए डिभिजन लिग लिग खेल्न लागेको सातदोबाटो बी डिभिजन लिगको च्याम्पियन बन्दै शिर्ष डिभिजनमा बढुवा भएको थियो ।

एन्फाले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै पहिलो र दोस्रो राउन्डको खेल तालिका सार्वजनिक गरेको हो । अन्य राउन्डको खेल तालिका छिट्टै सार्वजनिक हुने एन्फाले जनाएको छ । लिगका खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ । फागुन १४ गते सम्म चल्ने लिगमा १४ टिमको सहभागिता रहेको छ ।

सहभागी टिमहरुमा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवव आर्मी फूटबल क्लब, मछिन्द्र फूटबल क्लब, न्युरोड टिम, नेपाल पुलिस क्लब, एपिएफ फूटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, संकटा क्लब र सातदोबाटो युथ क्लब रहेका छन् ।

पुरा खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तस्बिर र खेल तालिका:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *