भेरोसेलको दोस्रो डोज कहिले?

काठमाडौं,कात्तिक १० । एक महिना अघि चीनबाट नेपाल आएको ४४ लाख डोज भेरोसेल खोपको पहिलो मात्रा देशैभरका सबै जिल्लामा असोज ४ देखि १४ गतेसम्म दिइएको थियो । तर,अहिलेम्म कुनै पनि जिल्लामा भेरोसेलको दोस्रो डोज लगाउने मिति तोकिएको छैन ।

मन्त्रालयका स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा सागर दाहालले भने खोपको वितरण गर्ने अधिकार जिल्ल्ला स्वास्थ्य कार्यालयलाई दिएकाले जिल्लाले आफ्नो प्राथमिकता र अनुकुलका हिसाबले १४ गतेसम्ममा दोस्रो मात्रा दिन सक्ने बताए।

नेपालमा उपलब्ध उक्त खोपको म्याद तत्काल नसकिने भएका कारण केही दिन ढिला हुँदैमा आत्तिनु नपर्ने उनले बताए । सामान्यतया पहिलो डोज खोप लगाएको चार हप्तापछि दोस्रो डोज लगाउन मिल्ने भनिएपनि एक–दुई हप्ता ढिलो हुदैंमा खोपले शरीरमा पार्ने प्रभावमा कुनै फरक नहुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *