USAID

अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ घाइते

अछाम । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा आइतबार राति जन्ती बोकेको से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा जीप चालकसहित अन्य १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यस्तै सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका १४ जनाको पहिचान खुलेको छ।

घाइते भएका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन्।

यस्तै वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५ का मेघराज भाट पनि घाइते भएका छन्। । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

CivActsAd

Leave a Reply

Your email address will not be published.