USAID

सम्पन्न हुँदै ब्रोडब्यान्ड जडान

काठमाडौं, असोज २४ । देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, स्थानीय निकायको कार्यालय र स्वास्थ्य संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन सरकारले सुरु गरेको परियोजना सम्पन्न हुने चरणमा पुगेको छ ।

परियोजना कार्यान्वयन गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार भदौसम्म ९४.४१ प्रतिशत अर्थात् देशभरका १५ हजार ८९ वटा सार्वजनिक संस्थासम्म इन्टरनेट जोडिएको छ । यसरी जोडिएको इन्टरनेट सम्बन्धित संस्थाले दुई वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

प्राधिकरणले देशभरका तोकिएका सार्वजनिक संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन १८ वटा प्याकेज सञ्चालनमा ल्याएको थियो । जसमध्ये १६ वटा प्याकेजका ६५ जिल्लामा शतप्रतिशत जडानको काम