USAID

जिल्ला सभापतिहरूमा पनि देउवाकै वर्चश्व

काठमाडौं । अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छ भने ५ जिल्लामा संस्थापनइतर पक्षका नेता सभापतिमा निर्वाचित भएका छन् । १४औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका कांग्रेस सभापति शेरवहादुर देउवाले वडा अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मेहेनत गरिरहेका छन् ।

दशैंअघि हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने योजनाअनुसार शुक्रबारसम्म १३ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । हिमाली जिल्ला २१ मध्ये ताप्लेजुङ, संखुवास