सरकारले गति लिन नसकेको ओलीको आरोप

बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाएका छन् । नेकपा एमाले जिल्ला कमिटी बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले अघिल्लो सरकारले राजदूतमा पार्टीका कार्यकर्ता नभई वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशका लागि काम गर्नसक्ने व्यक्तिलाई पठाएको प्रष्ट्याए ।

अध्यक्ष ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्रगतिमा अगाडि बढेको दाबी गर्दै विकासका काम अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताए ।

एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । उनले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर विजयको यात्राका लागि पार्टीका काममा उच्च मनोबलका साथ खट्न कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *