लमजुङमा विद्युतको तीन करोड बक्यौता

लमजुङ । लमजुङ जिल्लामा विद्युतको तीन करोड बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत् उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड बक्यौता उठ्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार केन्द्र प्रमुख गुरुङका अनुसार पश्चिम विद्युत् उपभोक्ता समितिले २०७२ सालसम्म २८ लाख बक्यौता तिर्न बाँकी थियो । त्यसयता समितिले बक्यौता तिरेको छैन । “दुई पटक पत्राचार गरिसकेका छौँँ, बक्यौता तिर्न मानेको छैन”, उनले भने ।

लमजुङ विद्युत् उपभोक्ता समितिले गत वर्षदेखि बक्यौता तिर्न थालेको हो । सो संस्थाले सुरुवातमा ३२ लाख, दोस्रो पटक २५ लाख तथा पछिल्लो समय सात बक्यौता तिरेको गुरुङले जानकारी दिए । विसं २०७२ मा लमजुङ वितरण केन्द्र स्थापना भएको हो । स्थापनाताका लमजुङ विद्युत् उपभोक्ता संस्थाले तीन करोड १२ लाख र पश्चिम विद्युत् उपभोक्ता समितिले २८ लाख बक्यौता तिर्न बाँकी थियो ।

जिल्लामा बिजुली उपभोक्ता समितिले वितरण गर्दै आएको छ । समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध गराएको छ । तनहुँको साविकको चिसोपानी, रुपाकोट र पुरनकोटका दुई हजार ७०० परिवारले बिजुली प्रयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *