भट्टराईलाई नेपाल रत्न, झलनाथ खनाललाई राष्ट्र गौरव मान–पदवी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आज विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्दैछिन ।

भट्टराईले २०४७ सालको संविधान जारी गर्नुको साथै निर्वाचनसमेत गराएका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पु-याएका भट्टराई नेपाली राजनीतिमा सन्त नेताका रूपमा चिनिन्छन्। यसैगरी, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुर्वणशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव मान–पदवी प्रदान गर्ने घोषणा भएको छ ।

यसैगरी, महाउज्ज्वल राष्ट्रदीप सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राजनीतिज्ञ स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह र मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व दुर्गानन्द झा र स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिने भएको छ । त्यसैगरी, सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व पोस्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने भएको छ ।

उज्ज्वल कृतिमय राष्ट्रदीप मान–पद्वीबाट सर्वोच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । यसैगरी, प्रसिद्ध प्रबल जनसेवाश्रीबाट ३९ जनालाई प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *