आज नेपाल र ओमान भिड्दै

काठमाडौं। ओमानमा नेपाल, अमेरिका र घरेलु टोलीबिच जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान भिड्दैछन् । अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे शुरु हुनेछ ।

आजको खेलमा नेपाल सिरिजमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । अमेरिकालाई ५ विकेटले हराउदै सिरिजको शुरुवात गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटलेनै पराजित भएको थियो । यस्तै तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको अन्त्य गर्न चाहन्छ ।

पछिल्लो खेलहरुमा नेपालको दुवै बलिङ र ब्याटिङ फितलो देखिएको छ । त्यसैले आजको खेलमा जित निकाल्नको लागि नेपालको दुवै पक्ष चल्नु जरुरी देखिन्छ । ओमानले यस सिरिजको दुवै खेलमा जित हात पारेको छ । नेपालले ओमान विरुद्ध भएको पछिल्लो तीन भेटमा जित निकाल्न सकेको छैन । त्यसअघि कीर्तिपुरस्थित घरेलु मैदानमा भएको दुई खेलमापनि नेपाल पराजित भएको थियो ।

हाल ओमान लिग २ को अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ । ओमानले १२ खेलबाट २० अङ्क जोडेको छ भने नेपाल ७ खेलबाट ६ अङ्क जोड्दै छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *