काठमाडौँ । नेपालमा चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेडकाे नयाँ मोटरसाइकल सार्वजनिक गरिएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टेक्कन आर २५० मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको मोटरसाइकलको मूल्य ४ लाख ५ हजार रुपैयाँ पर्ने बताइएको छ । २२३ सीसी क्षमताको इन्जिन रहेको यो बाइकले अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बितरकले जनाएको छ ।
एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनीले विगत ५ वर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्री गर्दै आएको छ । फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरु माझ लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ ।
मोटरहेड मोटरसाइकल देशका विभिन्न १४ स्थानमा रहेको डिलर आउटलेटबाट खरिद गर्न सकिने छ ।
