एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा चौधरी चयन

दाङ । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । पार्टीको प्रदेश कमिटीको पहिलो बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले प्रदेश कमिटीको सचिवमा रूपन्देहीका राजु गुरुङलाई चयन गरेको छ । यस्तै केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष प्रदेश कमिटीको सचिवालय सदस्य रहने प्रदेश अध्यक्ष चौधरीले बताए ।

भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी दिएको छ । अध्यक्षमा चयन भएपछि प्रतिक्रिया दिँदै चौधरीले निर्वाचनबाट आफ्नो लाई ठुलो दल बनाउने बताए । उनले आवश्यकता अनुसार अन्य दलसँग मिलेर निर्वाचनमा जाने बताउदै अर्को पटकको निर्वाचनमा आफुहरु ठूलो दलको रुपमा अगाडि आउने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *