यो संसद्को औचित्य छैन, चुनावमा जानुपर्छः रायमाझी

काठमाडौ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले यो संसद्को औचित्य नरहेकाले ताजा जनादेशका लागि जानुपर्ने बताएका छन् । एमालेसँग सभामुखको गलत क्रियाकलापको विरोधमा संसद् अवरुद्ध गर्नुको विकल्प नरहेको उनको दाबी छ ।

नेता रायमाझीले भने, ‘यो अपवित्र र अराजनीतिक गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । बजेट होलिडे गरेको छ । संसद् अवरुद्ध छ, खुलाउने तत्परता देखाउँदैन । यस्तो स्थितिमा तत्काल निर्वाचनमा जानुको विकल्प छैन । यो संसद्को औचित्य सकियो ।’

नेता रायमाझीले पार्टी अनुशासन नमान्ने १४ जना सांसदलाई एमालेले गरेको कारबाहीबारे सूचना नटाँसेर सभामुखले ठूलो गल्ती गरेको बताए । उनले थपे, ‘हामीले एमाले र माओवादी केन्द्र खारेज गरेर नेकपा बनायौं । हामी एकताको निरन्तरतामा गयौं । हामी राजनीतिक रुपमा नेकपामै छौं, कानुनी रुपमा एमालेमा छौं । पार्टी छान्ने स्वतन्त्रता छैन रु तर प्रचण्डले हामीमाथि कारबाही गर्नुभयो, सभामुखले एकडेढ दिनमै सूचना टाँस्नुभयो । तर त्यही नजिरमा सभामुखले पक्षपात गर्नुभयो । सभामुखको गलत क्रियाकलापको विरोध रहिरहन्छ, असहमति रहिरहन्छ ।’

केपी ओलीको सरकारले ल्याएको लोकप्रिय बजेट प्रतिस्थापनका नाममा विकास विरोधी, कार्यकर्ता पाल्ने बजेट ल्याएकाले गठबन्धनको सरकार जनविरोधी भएको आरोप उनले लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *