आरजु बनिन् गन्यापधुराबाट क्षेत्रीय प्रतिनिधि, जयवीरसिंहको के भयो?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा डडेल्धुराबाट क्षेत्रीय प्रतिनिधि चयन भएकी छिन् । पूर्वसांसद समेत रहेकी राणा गन्यापधुरा गाउँपालिका– १ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएकी हुन् । जयवीरसिंह देउवा भने क्षेत्रीय प्रतिनिधि बनेका छैनन् । भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिएनन् ।

वडा सभापतिमा ज्ञानुकुमारी सेठ्ठी निर्विरोध सभापति भएकी छिन् । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *