एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा दुई एजेन्डाहरुमाथी छलफल हुने बताइएको छ ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी) र चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *