आंशिकलाई करार गर्न त्रिवि सहमत

काठमाडौं, भदौ १९ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत समाजवादी प्राध्यापक संघबीच त्रिविका आंशिक शिक्षकलाई करारमा लैजान दरबन्दी थप गर्ने सहमति भएको छ ।

त्रिविका देशभर सञ्चालित आंगिक क्याम्पसहरूमा २ हजार आंशिक शिक्षक कार्यरत छन्। आन्दोलनरत समाजवादी प्राध्यापक संघका अध्यक्ष डा पवनकुमार झा र त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले हस्ताक्षर गरेको १३ बुँदे सहमतिमा त्रिविमा कार्यरत आंशिक शिक्षकको समस्या समाधानार्थ करारमा लैजान दरबन्दी थप गर्ने उल्लेख छ।

बिहीबार साँझ सहमतिलगत्तै आन्दोलनरत प्राध्यापक संघले ९ दिनदेखि उपकुलपति, रेक्टर रजिस्ट्रारको कार्यकक्षमा लगाएको ताला खोलेर आन्दोलन स्थगन गरेको छ। ‘शिक्षाध्यक्ष भुसालले लिखित १३ बुँदे सहमति गरेपछि मात्र हाम्रो संघले भदौ ९ गतेदेखि लगाएको ताला खोलेको हो। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *