पाँच प्रहरी एआईजीको सरुवा, को कहाँ?

काठमाडौं,। नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । एआईजी विश्वराज पोखरेल प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा भएका छन् ।

त्यस्तै, एआईजी निरज शाही प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुखमा र एआईजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् । एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *