खोपपछि एन्टिबडी जाँच गराउनु राम्रो

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित भए लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उनलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उनलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।

डङ्गोलले भने, “खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्षण देखिएन ।” एकान्तबास बस्दाको अवस्थामा उनलाई त्यति कठिन भएन तर सङ्क्रमित उनकी दिदीलाई भने सघन कक्षमा राखेर उपचार गर्नु प¥यो । चिकित्सकहरूले कोरोनाविरुद्धको खोप नलगाएका कारण गाह्रो भएको अनुमान गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार खोप लगाएपछि आफूमा केही लक्षण वा साइड इफेक्ट नदेखिएमा खोपले काम नै गर्दैन होला भनेर भ्रम पाल्नु हुँदैन । उनले भने, “कसैमा लक्षण देखिने, नदेखिने हुन्छ तर खोपले काम गर्छ ।

औषधिले काम गर्छ वा गर्दैन भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ ।” कोभिडको खोप पाएको दुई हप्तापछि एन्टिबडी परीक्षण गराउँदा राम्रो हुने डा पुनको सुझाव छ । उनल भने, “अहिले देखिएको कोरोना सङ्क्रमण धेरैजसो खोप नलगाएका व्यक्तिमा नै देखिइरहेको छ । खोप दिएमा त्यो अवस्थाबाट बचाउन सकिने डा पुनको तर्क छ ।”

“खोपले काम गरेको छ वा छैन भन्ने थाहा पाउन एन्टिबडी परीक्षण गर्नुपर्छ”, उनले भने “कोभिडविरुद्धको खोप पाएपछि आफूमा रोग प्रतिरोधात्मक क्षमता विकसित भयो कि भएन भनेर एन्टिबडी परीक्षणले देखाउन सक्ने वैज्ञानिकले जनाएका छन् ।” गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *