भदौरे झरीले तीनको मृत्यु, करिब पाँच हजार घर डुबानमा

काठमाडौं। भदौरे झरीका कारण पछिल्ला तीन दिनमा नौ जनाको मृत्यु भएको छ । मनसुनी विपत्बाट देशभर करिब चार हजार पाँच सय घर डुबानमा परेको र ९० हजारभन्दा बढी जनसङ्ख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले निरन्तरको वर्षात्ले सप्तकोसीको बहाव बढेर खतराको बिन्दुमा पुगेको जानकारी आएपछि उदयपुर र सप्तरीका सुरक्षा अधिकारीहरूसँग त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री खाँणले आइतबार साँझ उदयपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीराम सेढाईं, नेपाल प्रहरीका उपरीक्षक र सशस्त्र प्रहरीका उपरीक्षक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग टेलिफोन संवाद गरेर कोसी नदीको कटान र बहावबारे जानकारी र्लिएका हुन्। उनले नागरिकलाई सुरक्षित स्थानमा अस्थायी बासस्थान बनाएर भए पनि लैजान निर्देशन दिए।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा नौ जनाको मृत्यु, चार जना बेपत्ता र पाँच जना घाइते भएका छन् । बाढीपहिरो र डुबानबाट ४२ घर पूर्ण क्षति हुनुका साथै ७५६ जनालाई सुरक्षित आश्रय स्थलमा सारिएको छ। गोरखापत्र दैनिकमा चाँदनी हमालले खवर लेखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *