विहानैदेखि कांग्रेस जिल्ला सभापतिसँग छलफलमा व्यस्त पौडेल पक्ष

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष जिल्ला सभापतिसँगको छलफलमा जुटेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारी निवासमा विहान ९ बजेदेखि सुरु भएको बैठक बैठकमा रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत छन्।

पौडेल समुहले पछिल्लो समय चाक्सिबारीमा लगातार बैठक राख्दै आएको छ । शुक्रबारको बैठकमा  वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, केन्द्रिय सदस्य डा मिनेन्द्र रिजाल, केन्द्रिय सदस्य बल बहादुर केसी, केन्द्रिय सदस्य अर्जुननरसिंह केसी, केन्द्रिय सदस्य दिलेन्द्र बडु, केन्द्रिय सदस्य डा शेखर कोइराला, तेजुलाल चौधरी, अमर पुन मगर लगायत विभिन्न जिल्लाका जिल्ला सभापतिहरु,जिल्ला स्तरिय नेता कार्यकर्ता लगायत ३०/३५ जनाको सहभागी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *