प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा पद तथा गोपनियताको शपथ

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन् ।

आचार्य आजै एमाले संसदीय दलको नेता चुनिएलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुनिएका हुन् ।

त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता बनाइएको थियो । यसअघि माधवकुमार नेपाल पक्षमा रहेका नेता आचार्यले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *