औबमियाङको ह्याट्रिकमा आर्सनलको फराकिलो जित

एजेन्सी । पिरे एम्रिक औबमियाङको ह्याट्रिकको सहयोगमा लन्डन क्लब आर्सनलले इएफएल कपमा फराकिलो जित निकालेको छ । बुधबार राति भएको कपको दोस्रो चरणको खेलमा आर्सनलले वेस्ट व्रोमविच एल्बिओनलाई ६-० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन औबमियाङले ह्याट्रिक पुरा गर्दा निकोलस पेपे, बुकायो साका र एलेक्सान्द्रे लाकाजेट्टेले एक/एक गोल गरे । पहिलो हाफको १७ औं मिनेटमा औबमियाङले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा औबमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

लगत्तै पेपेले गोलगर्दै आर्सनललाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए । ५० औं मिनेटमा साकाले गोल गर्दा आर्सनल फराकिलो जिततर्फ अगाडि बढेको थियो । ६३ औं मिनेटमा औबमियाङले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पुरा गरे । यस्तै ६९ औं मिनेटमा लाकाजेट्टेले गोल गर्दै आर्सनललाई ६-० गोलको शानदार जित दिलाए ।

यस्तै हिजै भएको अर्को खेलमा साउथह्याप्टनले न्युपोर्टलाई ८-० गोलले हरायो । साउथह्याप्टनलाई जित दिलाउन मोहम्मद एल्यौनौसीले ह्याट्रिक पुरा गर्दा अर्मान्डो ब्रोजाले दुई, नाथन रेडमोन्ड, नाथन टेल्ला र क्यले वाल्कर-पेटेर्सले एक/एक गोल थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *