क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

काठमाडौँ । क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् । मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा पुगेर उनीहरुले नामावाली सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका हुन् ।

सोमबार राति पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्य छानबिन समितिको प्रतिवेदन बुझाएका थिए । जिल्ला सभापतिहरुले पटक पटक पार्टी नेतृत्वलाई नामावली सार्वजनिक गर्न माग गरे पनि वेवस्ता गरेको भन्दै आफूहरु बाध्य भएर धर्नामा बस्नु परेको जनाएका छन् ।

सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी कांग्रेसले अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सदस्यतालाई पारदर्शी बनाउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता र जिल्ला सभापतिहरुले सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *