USAID

बुवा र श्रीमतीको हत्या गरेर आँपको बगैचामा गाडेको आरोपमा छोरा पक्राउ


धनुषा। धनुषाको मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँमा एक युवक आफ्ना बुवा र श्रीमतीको हत्या गरेर गाडेको आरोपमा पक्राउ परेका छन् । ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या गरेर गाडेको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाईपक्राउ गरेको धनुषा प्रहरी पक्राउ गरेको छ ।

प्रहरीले मृतक दुबै जनाको शव मण्डलको घरदेखि करिब एक सय मिटर उत्तर आँपको बगैचामा खाल्डोमा गाडेको अवस्थामा फेला पारेको हो ।

भागेश्वरले मंगलबार बिहानै छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए। त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउकै आँपको बगैचामा खाडल खनेर पुरेको जस्तो आलो माटो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गाउँलेले देखाएको स्थानबाट शव उत्खनन् गरेको छ ।

भागेन्द्र करिब १० वर्षदखि वैदेशिक रोजगारमा थिए। चार महिना पहिला मात्र उनी रोजगारीबाट घर फर्केका थिए। ससुरा र बुहारी बीच अनैतिक सम्बन्ध रहेको अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *