कहिले उठ्छ उपत्यकाको फोहर ?

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनमा बर्सेनि समस्या सिर्जना हुने गरेको छ । समयमै नउठाउँदा सडकका किनारमा यत्रतत्र फोहोर थुुप्रिएको देखिन्छ । वर्षायामको समय र कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको यो समयमा पनि फोहोरको थुुप्रो लागेको छ ।

काठमाडौँ महानगरपालिका वातावरण तथा कृषि विभाग प्रमुख हरिकुमार श्रेष्ठले वर्षात्का कारण फोहोर ढुवानी गर्ने ट्रक सिसडोल ल्यान्डफिल साइटमा नजाँदा फोहोर कम उठेको बताउँदै बञ्चरे ल्यान्डफिल साइट समयमा नबन्दा पनि फोहोर व्यवस्थापनमा चुनौती थपिएको बताए ।

उनले शनिबार फोहोर ओसार्ने दुई सय ट्रकले महानगरपालिकाको फोहोर ल्यान्डफिल्डमा लगेको जानकारी दिए। उपत्यकामा हाल दैनिक एक हजारदेखि १२ हजार टनसम्म फोहोर उत्पादन हुने गरेको छ ।
सिसडोल ल्यान्डफिल साइट भरिएका कारण उपत्यकाको फोहोर व्यवस्थापनका लागि हाल एक हजार ७९२ रोपनी क्षेत्रफलको बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण भइरहेको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *