पवनदीपले जिते इन्डियन आइडल

काठमाडौ। भारतीय टेलिभिजनको चर्चित रियालिटी शो इन्डियन आइडलको १२ औं संस्करण पवनदीप राजनले जितेका छन्।

आईतबार राती भएको फिनालीमा उत्तराखण्डका पवनदीपले बिजेताको ट्रफीसहित २५ लाख भारतीय रुपियाँ र लक्जरी कार समेत जितेका छन् ।

यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *