मैलुङ खोला आईपिओ बाँडफाँड: भाग्यमानी ६ जनाले पाए ११ कित्ता, २८ सयको आवेदन रद्द

काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीको आईपिओ बाँडफाँड भएको छ । कम्पनीले बिक्रि प्रबन्धकमा नियुक्त गरेको सिद्धार्थ क्यापिटलले आज आईपिओ बाँडफांड गरेको हो ।

कम्पनीको आईपिओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेको थियो । जसमध्ये दुई हजार आठ सय ४३ जनाको आवेदन रद्द भएको छ ।

बाँकि रहेका २० लाख ६५ हजार एक सय २४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् ।

यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदक हात खाली भएका छन् । कम्पनीले साउन १४ गतेदेखि आईपिओ निष्काशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *