काठमाडौं । प्रकाश सपुतको नयाँ तिज गीत ‘कुरा बुझ्न पर्छ’ युट्युबको ट्रेन्डिङ वानमा उक्लिएको छ । शान्ति श्री परियार र समिक्षा अधिकारिको स्वर रहेको गीत प्रकाश सपुतको युटुब च्यानलबाट शुक्रबार बेलुकी सार्वजनिक भएको थियो ।
रिलिज भएको दुई दिन नपुग्दै गीतलाई १३ लाख ८४ हजार भन्दा बढी दर्शकले हेरिसकेका छन् । प्रकाशकै निर्देशनमा बनेको गीतमा नायिका आँचल शर्मा, स्वस्तिमा खड्का लगायत लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनिल विकको अभिनय रहेको छ । गीतमा शब्द र संगीत स्वयम् प्रकाश सपुतकै रहेको छ ।
यस्तै गीतमा छायांकन नवराज उप्रेतीको रहेको छ भने गीतलाई प्रविन भट्टले सम्पादन गरेका छन् । प्रकाशले यसअघि गलबन्दी, बोल माया, फुटेका चुरा, मेरो पनि हैन र यो देश जस्ता हिट गीत दिइसकेका छन् । गीत हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्
