जापानबाट थप पाँच लाख डोज खोप काठमाडौं आईपुग्दै

काठमाडौं। जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको दोस्रो खेप आज काठमाडौं आइपुग्ने भएको छ ।

शनिबार विहान पहिलो खेप बोकेर कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई अनुदान दिने भनेको १६ लाख डोज खोप मध्ये तीन लाख डोज खोप शनिबार नेपाल आईपुगेको हो भने आज थप पाँच लाख डोज नेपाल आईपुग्दै छ ।

बाँकी ८ लाख खोप भने पानी जहाजमार्फत आउने जापानी दूतावासले जनाएको छ । सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई भोली सोमबार र पर्सि मंगबार दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय गरिसकेको छ ।

कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप लगाउने सरकारको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *