थानेश्वर गौतमको ‘फुर्के धागो २’

गायक थानेश्वर गौतमको स्वरमा गीतकार प्रभा बर्तौलाको ‘फुर्के धागो २’ सार्वजनिक भएको छ । गीतमा गौतमसँगै गायिका शोभा गौतमको स्वर रहेको छ भने संगीत गायक स्वयम गौतमले भरेका छन् ।

भुवन लामाको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र नयन डिसीको अभिनय रहेको छ । यस्तै गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । गीतलाई ‘जननी नेपाल’को अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *