पर्यटन श्रमिक र व्यवसायीलाई खोप दिन माग

काठमाडौं। होटल सङ्घ नेपालले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिक र व्यवसायीलाई खोपको व्यवस्था तत्काल गर्न माग गरेको छ । होटल सङ्घका अध्यक्ष सृजना राणाले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट गरी त्यस्तो माग गरेकी हुन् ।

नवनियुक्त राज्यमन्त्री श्रेष्ठलाई बधाई दिँदै अध्यक्ष राणाले कोभिड–१९ को महामारीबाट विस्तारै आन्तरिक पर्यटनमार्फत चलायमान हुन थालेको पर्यटन व्यवसाय दोस्रो लहरको कोभिडबाट अत्यन्तै सङ्कटग्रस्त अवस्थामा पुगेको जानकारी गराए ।

होटल सङ्घ नेपालका अनुसार अध्यक्ष राणाले विश्वका कतिपय मुलुकमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नेपाल आउन तत्पर रहेको हुँदा पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीहरूलाई खोप उपलब्ध गराउन सके पर्यटक आगमनको सम्भावना रहेको जनाईन्।

साथै यस पूर्वको सङ्घको अनुरोधमा होटल क्षेत्रका लागि ६० हजार खोप प्रदान गर्न स्वीकृत भई आवश्यक तयारी साथ सबै क्षेत्रीय सङ्घहरूमा समेत जानकारी गराइसकेकोमा उपत्यकाबाहिर होटल क्षेत्रमा खोप नपुगिसकेको हुँदा देशैभरिबाट तीव्र रूपमा माग भई आएको जानकारी गराउँदै उनले पर्यटन पुनरुत्थान गर्न ढुक्क भई काम गर्नसक्ने वातावरण नभएसम्म होटल सञ्चालन गर्न नसकिने उनको भनाई रहेको छ । राज्यमन्त्री श्रेष्ठले यथाशक्य खोप उपलब्ध गराउने आश्वासन व्यक्त गरेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *