USAID

एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज भेटवार्ता हुँदै


काठमाडौं, साउन १९। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुनेभएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।

विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार देखिएका छन्। आज साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने एमाले स्रोेतले जनाएको छ ।

नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाएको थियो । सोमबार बसेको सो पक्षको बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह समेत गरिसकेको छ ।

दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेताहरु बैठक बस्न राजी भएको स्रोतको दाबी छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *